सही ल्याब छान्न सके रगत परीक्षणबाटै थाहा पाउन सकिन्छ जटिल रोग

सही ल्याब छान्न सके रगत परीक्षणबाटै थाहा पाउन सकिन्छ जटिल रोग

काठमाडौँ : बदलिँदो जीवनशैलीसँगै शरीरमा हुने परिवर्तन र समस्याबारे समयमै जानकारी पाउन सकियो भने गम्भीर समस्याको पनि सहज हल निकाल्न सकिन्छ। त्यसको सहज उपाय नियमित रगत परीक्षण मात्र गरियो भने पनि भोलिका दिनमा गम्भीर हुनसक्ने स्वास्थ्य समस्या सहजै समाधान गर्न सकिन्छ।

परीक्षण गर्ने भनेर जहाँ पायो त्यही परीक्षण गर्दा भने समस्या निम्तन सक्ने जोखिम हुनसक्छ। परीक्षणका लागी अपनाउनुपर्ने सावधानी उचित ल्याबको छनौट नै हो। परीक्षण अगाडि सही तरिकाले नमुना सङ्कलन हुन्छ या हुँदैन , मेसिन गुणस्तरीय छ या छैन, जनशक्ति कस्ता छन् अनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता पाएको छ कि छैन भनेर बुझ्न आवश्यक छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ वर्गको माध्यताप्राप्त ‘इन्कोड जेनेटिक एन्ड डाइग्नोष्टिक ल्याब’ सही छनौट हुनसक्छ।

ललितपुरको ठाडो ढुङ्गामा रहेको ल्याब  असारमा सुरु भएको हो। रक्त परीक्षणको गुणस्तरीय सेवा दिने उद्देश्यले सञ्चालनमा आएको ल्याबमा चार चिकित्सक र अन्य दुई जना स्वास्थ्यकर्मी गरी ६ जना जनशक्ति छन्।

ल्याबका प्रबन्ध निर्देशक आदर्श कार्की विभिन्न किसिमका स्वास्थ्य समस्या पहिचानका लागि रगतको परीक्षण गर्नु र गुणस्तरीय रिपोर्ट दिनु नै ल्याबको मुख्य उद्देश्य रहेको बताउँछन्।

 ‘इन्कोड जेनेटिक एन्ड डाइग्नोष्टिक ल्याब’मा हेमाटोलोजी, बायोकेमेष्ट्री, इम्युनोलोजी, साइटोप्याथोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी लगायत रगतजन्य समस्याको परीक्षण हुने उनले जानकारी दिए।

ल्याबमा प्रजनन् सम्बन्धी समस्या पहिचानका लागि विभिन्न किसिमका परीक्षण समेत हुन्छन्।

गर्भ नरहने तथा निसन्तान सम्बन्धी समस्याको कारण पहिल्याउने, गर्भपतन हुने कारण पत्ता लगाउने जस्ता परीक्षणको सुविधा रहेको प्रबन्ध निर्देशक कार्कीले बताए।

दक्ष जनशक्ति गुणस्तरीय मेसिन

प्याथोलोजी विषयमा एमडी अध्ययन गरेका चिकित्सक र एक जना बायोकेमेस्ट्री विषयमा एमडी गरेका चिकित्सकले ल्याबमा परीक्षण गर्ने कार्की बताउँछन्।

आवश्यकता अनुसार अन्य विशेषज्ञ थप्दै जाने उनले जानकारी दिए। नाफा कम भए नि गुणस्तरीय परीक्षणका लागि कुनै कन्जुस्याइँ नगर्ने कार्कीको भनाई छ।

‘इन्कोड जेनेटिक एन्ड डाइग्नोष्टिक ल्याब’ मा परीक्षणको गुणस्तरीय नतिजाका लागि सबैभन्दा पहिले दैनिक मेसिनको अवस्थाका बारेमा चेक जाँच गरिन्छ। ल्याब प्राविधिकबाट दैनिक ‘क्यूसी’ परीक्षण गरेर मेसिनको अवस्था बारे जानकारी लिएपछि मात्रै रक्त परीक्षण सुरु हुने उनले बताए।

रक्त परीक्षणका लागि नमुना सङ्कलन गर्नै पर्यो। नमुना संकलनगर्दा निक्कै सावधानी अपनाउनुपर्छ। यसमा विशेष ध्यान दिने गरेको प्रबन्ध निर्देशक कार्कीले बताए।

‘सङ्कलित नमुना बोक्ने उपकरण निक्कै सुरक्षित गर्ने प्रबन्ध मिलाएका छौँ,’ उनले भने।

 त्यसै गरी परीक्षण मेसिनको गुणस्तरीय सञ्चालन प्रक्रिया स्ट्याण्डर्ड अपरेटिङ प्रोसेड्युर’लाई पालना गर्ने सवालमा निक्कै ध्यान दिने गरेको कार्कीले जानकारी दिए।

इम्युनोलोजीको हर्मनजन्य परीक्षण, क्यान्सर तथा ट्युमरका लागि कोबास ‘इ–४११’ मेसिन प्रयोगमा रहेको कार्कीले बताए।

परीक्षणका लागि आवश्यक अन्य उपकरण तथा मेसिन पनि गुणस्तरीय रहेको उनी बताउँछन्। मेसिन कम गुणस्तरका भए परीक्षणको नतिजामा समेत फरक पर्ने भएकाले मेसिनको गुणस्तरीयतामा कन्जुस्याइँ नगरेको कार्कीले बताए।

यसरी दिइन्छ सेवा

‘इन्कोड जेनेटिक एन्ड डाइग्नोष्टिक ल्याब’ मा विभिन्न अस्पतालबाट रिफर भएका रगतसम्बन्धी समस्याको परीक्षण हुने गरेको छ। यहाँ क्लिनिकहरूबाट रगतको परीक्षणका लागि नमुना पठाइन्छ।

आवश्यकता अनुसार घरैमा गएर समेत रक्त परीक्षणका लागि नमुना सङ्कलन हुने सुविधा भएको ‘इन्कोड जेनेटिक एन्ड डाइग्नोष्टिक ल्याब’ले जनाएको छ। घरैमा गएर नमुना सङ्कलन गरेवापतको थप शुल्क लाग्दैन।

पाको उमेरका व्यक्तिका लागि आवश्यकता अनुसार नियमित गर्नुपर्ने अधिकांश किसिमका स्वास्थ्य समस्याको रक्त परीक्षणको सुविधा रहेको कार्कीले बताए। कार्कीका अनुसार दैनिक बिहानदेखि बेलुकैसम्म नमुना सङ्कलन गरिने प्रबन्ध मिलाइएको छ।

वंशाणु रोग सम्बन्धी परीक्षण केही महिनामा नै सुरु गर्ने योजना रहेको उनी बताउँछन्। 

भदौ १७, २०७९ शुक्रबार १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।