पोखरामा खुकुरीले हानेर श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

पोखरामा खुकुरीले हानेर श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

पोखराः पोखरामा एक युवाले श्रीमतीको हत्यापछि आत्महत्याको प्रयार गरेका छन्।

शुक्रबार विहान पोखरा महानगरपालिका–१४ छिनडाँडाका लोकबहादुर गुरुङले श्रीमतीको हत्या गरेसँगै आफ्नै पेटमा खुकुुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का जानकारी दिए।

खड्काका अनुसार लोकबहादुरले घरायसी विवादका कारण विहान श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेका हुन्।

आफ्नै खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था जटिल रहेको अस्पतालका चिकित्सकहरूलाई उद्धृत गर्दै खड्काले बताए।

भदौ १७, २०७९ शुक्रबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।