तिलोत्तमा नगरमा आइतबार स्थानीय बिदा

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भदौ १९ गते स्थानीय बिदा दिने भएको छ।
थारु समुदायको महत्त्वपूर्ण पर्व बड्की परेकाले आइतबार स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
भदौ १७ गतेको नगरप्रमुखसहितको बैठकले बिदा दिने निर्णय गरिएको हो।
भदौ १७, २०७९ शुक्रबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।