माओवादी कर्णाली प्रदेश सभा दलको प्रमुख सचेतकमा शर्मा

माओवादी कर्णाली प्रदेश सभा दलको प्रमुख सचेतकमा शर्मा
फाइल तस्बिर

काठमाडौं: माओवादी केन्द्र कर्णाली प्रदेश सभाको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य गोपाल शर्मा चयन भएका छन्। यसअघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएपछि रिक्त प्रमुख सचेतकको पदमा शर्मालाई जिम्मेवारी दिइएको हो।

माओवादी केन्द्र प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी दिए। नेकपा विभाजनपश्चात माओवादी प्रदेश सभा दलको प्रमुख सचेतकमा सीता नेपाली, ठम्मर विष्ट र कृष्णा शाह नियुक्त भइसकेका छन्।

शर्मा र नेपाली दुवै महेन्द्रबहादुर शाही नेतृत्त्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए।

विष्टले माओवादी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतकबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेपछि शाहले प्रमुख सचेतकको जिम्मेवारी पाएका थिए।

भदौ १७, २०७९ शुक्रबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।