कांग्रेसद्वारा रुपन्देही-२ बाट गृहमन्त्री खाँणसहित तीन जनाकाे नाम सिफारिस
काठमाडाैं : नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि गृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको नाम सिफारिस गरेको छ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणलाई रुपन्देही–२ बाट प्रतिनिधि सभामा लडाउने उद्देश्यसहित क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो। यो क्षेत्रबाट पार्टीले खाँणसहित नेता युवराज गिरी र बुटवलका व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम पनि सिफारिस गरेको छ।
यस्तै, कांग्रेस क्षेत्र नम्बर–४ को क्षेत्रीय समितिले युवा नेता प्रमोदकुमार यादवको नाम एकल सिफारिस गरेको छ। क्षेत्रीय समितिले जिल्ला समितिमा उम्मेदवार सिफारिस गरेका हुन्।
त्यस्तै रुपन्देही क्षेत्र न ५ बाट संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको एकल सिफारिस भएको छ। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ५ कार्यसमिति को बैठकबाट सर्वसम्मत रूपमा संघीय प्रतिनिधि सभा सदस्य पदमा शाहको सिफारिस भएकाे हाे।
भदौ १६, २०७९ बिहीबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।