सात महिनासम्म तलब नदिई कामबाट निकालेपछि सात कर्मचारीले कम्पनीबाहिरै विष पिए

सात महिनासम्म तलब नदिई कामबाट निकालेपछि सात कर्मचारीले कम्पनीबाहिरै विष पिए

एजेन्सी : भारतको मध्यप्रदेशको इन्दोरस्थित एक निजी कम्पनीका सात कर्मचारीले कार्यालयबाहिर सामुहिक रूपमा विष सेवन गरेका छन्।

आफूहरूलाई कामबाट निकालिएको भन्दै उनीहरूले कम्पनीकै अगाडि विष सेवन गरेका हुन् । उनीहरूलाई साथीले अस्पताल पुर्याएका थिए। अहिले उनीहरू सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

२० वर्षदेखि मोड्यूलर किचेन बनाउने र बेच्ने सोही कम्पनीमा काम गरिरहेका उनीरूलाई निकालेपछि उनीहरू डिप्रेसनमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। उनीहरूलाई निकाल्नुका कारणबारे पनि कम्पनीले केही जानकारी नदिएको पीडित पक्षको भनाइ छ।

विगत सात महिनादेखि बन्द कम्पनीले कर्मचारीलाई तलब पनि दिएको थिएन। त्यहाँ रहेका सात कर्मचारीलाई अर्कोे उद्योगको काममा लगाएपछि उनीहरूले विष सेवन गरेको उद्योग मालिकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

विष सेवन गरेका सबैको उपचार चलिरहेको र बयान लिने अवस्थामा नभएको भन्दै बयान लिएपछि आवश्यक कारबाही अघि बढाउने प्रहरीको भनाइ छ।

भदौ १६, २०७९ बिहीबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।