सामाजिक सञ्जालमा गरिएको पोस्टले देशको एकतामा बाधा पुगेको भन्दै ४५ वर्ष जेल सजाय

सामाजिक सञ्जालमा गरिएको पोस्टले देशको एकतामा बाधा पुगेको भन्दै ४५ वर्ष जेल सजाय

एजेन्सी: साउदी अरबको एउटा अदालतले एक जना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ। साउदीमा यही महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो।

सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पुर्याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वर्ल्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ।

अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाइ कहाँ भयो भन्नेबारे केही खुलाइएको छैन।

यसअघि पनि एक ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो। उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो।

भदौ १६, २०७९ बिहीबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।