कास्की-१ को उम्मेदवारमा गगनको नाम, माग, जोक कि स्टन्ट !

कास्की-१ को उम्मेदवारमा गगनको नाम, माग, जोक कि स्टन्ट !

पोखरा :  काठमाडौँ क्षेत्र नम्बर ४ बाट २ पटक प्रतिनिधि सभामा निर्वाचित भइसकेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस भयो।

म को भाषा प्रयोग भएर परेको आवेदन उनी आफैँले दिएका भने हैनन्। उनको साटो कांग्रेस कास्कीका सचिव भानु ढकालले उनको आवेदन पत्र दर्ता गराएका हुन्। मङ्सिर ४ मा हुने निर्वाचनका लागि उनले भने काठमाडौँ ४ मै आवेदन दिएका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ मा गठबन्धनको उम्मेदवारलाई समेत पराजित गरेका गगनका लागि यो पटक थप सहज देखिन्छ। तै पनि उनको नाममा आवेदन पर्नुको कारण माग हो या जोक या स्टन्ट सो भने खुलेको छैन।

थापा आफैँले भने कास्कीको यो मायाको लागि धन्यवाद भन्दै आफू काठमाडौँ ४ बाटै उम्मेदवार बन्न इच्छुक रहेको सामाजिक सञ्जालमा लेखेका छन्।

गगन बाहेक कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सह महामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन दिएका छन्। जसमा सह महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरुप्रसाद बराल, पूर्व मन्त्री यज्ञबहादुर थापाको पनि आवेदन परेको छ।

यसै गरी पार्टी सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्णबहादुर केसी, नेताहरू सुदिपमोहन भट्टराई, तिलक बहादुर रानाभाट, विश्व घिमिरे, वीर बहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी होमबहादुर बसेल विमल, सुनिल गुरुङ, चतुराखर अधिकारी र सरस्वती गुरुङले पनि आवेदन दिएका छन् ।

६ जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा देखाएको जानकारी कांग्रेस कास्की १ का सचिव सरोज केसीले बताए । जसमा पूर्व सभामुख तारानाथ रानाभाट, तीर्थ जङ्गली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मिया, बिन्दु भण्डारी, ई. रामबहादुर केसी, तर्कजंग गुरुङले आकाङ्क्षा देखाएका छन्।

भदौ १५, २०७९ बुधबार २३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।