क्यालिफोर्नियामा गाेलभेडाका कारण ६ घण्टा राजमार्ग अवरुद्ध, चारवटा कार दुर्घटना

क्यालिफोर्नियामा गाेलभेडाका कारण ६ घण्टा राजमार्ग अवरुद्ध, चारवटा कार दुर्घटना

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा ट्रक दुर्घटना हुँदा राजमार्गभर टमाटर छरिएर राताम्मे भएको छ।

मंगलबार भएको दुर्घनामा तीन जना घाइते भएका छन्। जसमध्ये एक जना गम्भीर घाइते भएको सीएनएनले जनाएको छ।

ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि १ लाख ५० हजार भन्दा धेरै गोलभेडा सडकको २ सय फिटसम्म पोखिएको हो।

गोलभेडा पोखिँदा सडकमा सवारीहरू चिप्लिएका छन्। यसरी चिप्लिएर चारवटा कार दुर्घटनाग्रस्त भएका छन्। दुर्घटनापछि त्यहाँको सरकारले सडकमा आवजजावतमा रोक लगाएको छ।

स्ट्रीट स्वीपरको सडक सफा गरेपछि अवरुद्ध भएको ६ घण्टामा सडक खुलेको हो।

भदौ १५, २०७९ बुधबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।