उपत्यकाका ७४ जनामा हैजा

उपत्यकाका ७४ जनामा हैजा

काठमाडौं : काठमाडौं उपत्यकामा ७४ जनामा हैजा संक्रमण देखिएको छ।

मंगलबार १ जना थपिएसँगै उपत्यकामा हैजा संक्रमितको संख्या ७४ पुगेको हो।

संक्रमितमध्ये ३५ महिला र ३९ पुरुष रहेका छन्। यीमध्ये ५ वर्षमुनिका तीन जना रहेका छन्।

पछिल्लो एक सातामा १० जनामा संक्रमण देखिएको छ।

भदौ १४, २०७९ मंगलबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।