'ममी फिगर' बाट 'ग्ल्यामरस फिगर'मा फर्किइन् प्रियङ्का

'ममी फिगर' बाट 'ग्ल्यामरस फिगर'मा फर्किइन् प्रियङ्का

काठमाडौँ : अधिकांश नायिकाहरूका लागि विवाहपछिको अभिनय यात्रा त्यति सहज हुन्न। अभिनयको आधारमा हुने फ्यान त भइहाले। त्यो भन्दा पनि सुन्दरतामा मोहित भएर फ्यान हुनेहरूकै सङ्ख्या धेरै हुन्छ नै। विवाहपछि मलाई मन पर्ने नायिका त अर्काकी भइन् भन्ने लाग्ने नै भयो। अनि अझ आमा भएपछि फिगरमा आउने परिवर्तनको प्रभाव पनि फ्यान फलोइङमा पर्छ नै।

तर प्रतिबद्धता हुने हो भने फिगर मेन्टेन गर्नु ठुलो कुरा हैन भन्ने पुष्टि गरिदिइन् नायिका प्रियङ्का कार्कीले। कोरोनाकाल अनि लगत्तै आमा भएपछि सार्वजनिक भएका उनको तस्बिरले उनी उही पुरानै हट प्रियङ्काको अवतारमा अभिनय यात्रामा फर्किलिन् र भन्ने शङ्का थियो नै।

अधिकांश नायिकाहरू आमा बन्नु अगाडिको स्वरूपमा फर्कन नसक्दा अभिनयमा फर्किए पनि टिक्न नसकेकाहरू टन्नै छन्। उनी अभिनयमा फर्किनेमा त शङ्का भएन। तर उही पुरानै ग्ल्यामरस लुक्समा फर्कनेमा भने उनका फ्यानहरूले पनि आशङ्का गरेका थिए।

तर प्रियङ्काले फिटनेस सेन्टरमा पसिना बगाउँदै आफ्नो पुरानो फिगर फर्किसकिन्। उनले हालै फेसबुकमा राखेको तस्बिरमा उनको 'ममी फिगर' छैन, ग्ल्यामरस फिगर छ।

फिगरमा मात्रै हैन उनी अभिनयमा समेत फर्किसकेकी छिन् त्यो पनि सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मबाट। ‘फूलबारी’ नाम राखिएको फिल्ममा प्रियङ्कासँगै दयाहाङ राई, विपिन कार्की लगायतका कलाकार छन्।

प्रियङ्का लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय छिन्। अन्य नायिकाको तुलनामा चर्चा र विवादमा त उनी सबै अगाडि नै रहे पनि अभिनयमा भने त्यो रूपमा सफल नभएकी कि नै हुन्। तर विवाहपछि उनी अनुबन्धित भएको फिल्मको टिम हेर्दा उनी जसरी शरीर मेन्टेन गर्न सफल भइन् त्यसरी नै अभिनय यात्रामा पनि सफल हुन्छिन् कि।

भदौ १४, २०७९ मंगलबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।