भारतका गौतम अडानी विश्वकै तेस्रो सर्वाधिक धनी, 'टप थ्री'मा पहिलो पटक एसियन धनाढ्य

भारतका गौतम अडानी विश्वकै तेस्रो सर्वाधिक धनी, 'टप थ्री'मा पहिलो पटक एसियन धनाढ्य

एजेन्सी: भारतका धनाढ्य गौतम अडानी संसारकै धनीहरूको सूचीमा तेस्रो स्थानमा परेका छन्। व्यापारिक घराना अडानी ग्रुपका प्रमुख उनले फ्रान्सका धनाढ्य तथा विश्वप्रसिद्ध ब्राण्ड लुई भुटनका प्रमुख बर्नार्ड आर्नल्टलाई पछि पारेका हुन्।

अडानीको कुल सम्पत्ति १३७.४ बिलियन अमेरिकी डलर छ। ६० वर्षीय अडानी अब एलन मस्क र जेफ बेजोसभन्दा मात्र पछि छन्। उनीहरूको सम्पत्ति २५१ र १५३ बिलियन अमेरिकी डलर बराबर छ।

यसअघि अडानीले करिब एक वर्षअघि रिलायन्सका प्रमुख मुकेश अम्बानीलाई पछि पार्दै भारतको सर्वाधिक धनीको स्थान ओगटेका थिए। अम्बानी भने अहिले विश्वभरमा ११औं धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति ९१.९ बिलियन डलर छ।

ब्लुमबर्ग बिलियनेर इनडेक्सअनुसार अडानी तेस्रो स्थानमा पुगेसँगै टप थ्रीमा पुग्ने उनी पहिलो एसियन पनि बनेका छन्।

अडानी पहिलो पुस्ताका उद्यमी हुन्।

भदौ १४, २०७९ मंगलबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।