फिल्म समीक्षक 'केआरके' गिरफ्तार

फिल्म समीक्षक 'केआरके' गिरफ्तार

एजेन्सी: आफ्ना विवादित समीक्षाका कारण सधैँ चर्चामा रहने भारतीय फिल्म समीक्षक केआरके (कमाल राशिद खान) पक्राउ परेका छन्। दुई वर्ष पुरानो मुद्दामा उनलाई आज मुम्बई प्रहरीले उनलाई मुम्बईको विमानस्थलबाट पक्राउ गरेको हो।

सन् २०२० मा उनको एक ट्वीट निकै विवादित बनेको थियो। सोही ट्वीटका कारण उनलाई आज पक्राउ गरिएको हो।

उनलाई आज बोरिवली अदालतमा पेश गरिनेछ।

केआरके कलाकार पनि हुन्।

उनले बलिउड चलचित्रलाई निर्मम तरिकाले समीक्षा गर्ने गरेका छन्। उनका फ्यान फलोइङ र उनलाई मन नपराउनेको सङ्ख्या बराबर छ।

केआरकेको लगभग सबै बलिउड सेलिब्रिटीसँग पानी बाराबार सम्बन्ध छ। त्यसमा पनि सलमान खानसँगको उनको दुश्मनी सर्वाधिक चर्चित छ।

भदौ १४, २०७९ मंगलबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।