बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा : सुनुवाइ भयो, आदेश आउन बाँकी
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ भएको छ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको निवेदनउपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ भइसके पनि आदेश आउने भने बाँकी छ।
नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएपछि मेयर शाहले व्यङ्ग्यात्मक शैलीमा ‘संविधान संशोधन गरेर नक्सा पासको अधिकार सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न’ आग्रह गरेका थिए।
मेयर शाहको प्रतिक्रियाले अदालतको अवहेलना भएको जोशीको आरोप छ।
भदौ १३, २०७९ सोमबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।