प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको नयाँ कार्यसमिति चयन

प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको नयाँ कार्यसमिति चयन

काठमाडौँ : माओवादी केन्द्र निकट रहेको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनले लिलाराम थापाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र नेपाल राष्ट्रिय  स्वास्थ्यकर्मी सङ्गठनबिच भएको एकता पश्चात् २०७९ भदौ १२ मा सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति गठन गरेको हो। कार्यसमितिले १ सय ५१ जनाको केन्द्रीय समिति चयन गरेको हो।

नयाँ कार्य समितिको भदौ १२ मा प्रथम बैठकले स्वास्थ्य क्षेत्र विशिष्टीकृत, संवेदनशील र अत्यावश्यकीय सेवा भएकाले छुट्टै ऐनद्वारा सञ्चालन हुनुपर्ने माग राखेको छ। स्वास्थ्यकर्मी पेसागत सुरक्षा, वृत्ति विकास, नागरिक गुणस्तरीय स्वास्थ्य सेवामा सहजता र सरल पहुँच गराउन भूमिका खेल्ने लगायतका निर्णय गरेको छ।

कार्यसमितिमा अध्यक्ष लिलाराम थापा छन् भने सह अध्यक्ष टेकराज डिसी, वरिष्ठ उपाध्यक्षमा ओम कुमारी कँडेल, उपाध्यक्षहरूमा डिल्लीराम श्रेष्ठ, परशुराम नेपाली, एपोलो कुमार भगत, छठु चौधरी, करिसिंह भुल, राहित लामिछाने, कामदेव आचार्य, अशोक भुजेल, ताराप्रसाद रिजाल, ज्ञान प्रसाद पौडेल, कर्म लामा र नबिना कँडेल छन्।

महासचिवमा कृष्ण कुमार खत्री, सचिवमा केशर बहादुर थापा, शत्रुघन साह, लिलाकान्त झा,  रामबहादुर थापा, कृष्ण भट्ट, अनिता पाण्डे, हिरण्य राज शर्मा, खेमराज सापकोटा लगायतका छन्। कोषाध्यक्षमा शेष प्रसाद सापकोटा र सह कोषाध्यक्षमा भालेश्वर यादव चयन भएका छन्।

भदौ १३, २०७९ सोमबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।