घानाको एक चिडियाखानामा सिंहले मान्छे खायो

घानाको एक चिडियाखानामा सिंहले मान्छे खायो

एजेन्सी: अफ्रिकी देश घानाको आक्रा चिडियाखानामा घुम्न गएका मान्छेलाई सिंहले खाएको छ। बार नाघेर सिंह बस्ने क्षेत्रमा पुगेका ती पुरुषलाई सिंहले खाएको घानाका अधिकारीहरूले जनाएका छन्।

चिडियाखानाले जारी गरेको विज्ञप्तिअनुसार ती पुरुषलाई एउटा सिंहले आक्रमण गरेर घाइते बनाएको थियो। र चोटका कारण उनको मृत्यु भएको हो।

मृतक करिब ३० वर्षका व्यक्ति भएको जनाइएको छ।

चिडियाखानामा हाल सिंह, सिंहिनी र दुई डमरु सुरक्षित साथ राखिएको छ।

स्थानीय प्रहरीले कसरी ती व्यक्ति प्रतिबन्धित क्षेत्रमा पुगे भनेर अनुसन्धान गर्ने जनाएको छ। यस्तै प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले डमरु चोर्नलाई सिंहको क्षेत्रमा हामफालेको देखिएको छ।

आक्रा चिडियाखाना सन् १९६० को दशकमा घानाका प्रथम राष्ट्रपति क्वामे क्रुमाहले स्थापना गरेका थिए।

भदौ १३, २०७९ सोमबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।