पाकिस्तानका बाढीले एकैदिन १ सय १९ जनाको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगको अपिल

पाकिस्तानका बाढीले एकैदिन १ सय १९ जनाको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगको अपिल

एजेन्सी : पाकिस्तानमा वर्षापछि आएको बाढीका कारण एकैदिन १ सय १९ जनाको मृत्यु भएको छ।

राष्ट्रिय आपतकालीन प्रबन्धन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टाम १ सय १९ जनाको मृत्यु भएसँगै देशभर यो मनसुनमा मृत्यु हुनेको संख्या १ हजार ३३ पुगेको छ।

बाढी र पहिरोका कारण समस्यमा झेलिरहेको पाकिस्तानले अहिले वैदेशिक सहायताको लागि अपिल गरेको छ। पाकिस्तानी अधिकारीहरुका अनुसार अहिले अमेरिका, युएई र अन्य देशले योगदा गरेका छन्।

पाकिस्तान आर्थिक संकटबाट गुज्रिरहेको बेलामा समाधानतर्फ उन्मुख भइरहेको अवस्थामा बाढीले थप प्रभावित बनाएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बाढीबाट सबैभन्दा बढी प्रभावित पख्तूनख्वा प्रान्तका मानिसहरूका लागि १० अर्ब रुपैयाँको अनुदान घोषणा गरेका छन्। हरेक बाढी प्रभावित परिवारलाई एक साताभित्र २५ हजार रुपैयाँ वितरण गरिने उनले बताए। 

भदौ १२, २०७९ आइतबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।