काठमाडौँ महानगरका कक्षा ८ सम्मका सरकारी विद्यार्थीले दैनिक २५ रुपैयाँ खाजा खर्च पाउने

काठमाडौँ महानगरका कक्षा ८ सम्मका  सरकारी विद्यार्थीले दैनिक २५ रुपैयाँ खाजा खर्च पाउने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका सरकारी विद्यालयका कक्षा आठ सम्मका विद्यार्थीहरुले दैनिक २५ रुपैयाँ खाजा खर्च पाउने भएका छन्। 

आइतबार बसेको महानगरको आठौँ नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत बालबालिकाले दैनिक २५ रुपैयाँ खाजा खर्च पाउने भएका हुन्। यसका लागि महानगरले ९ करोड बजेट विनियोजन गरिसकेको थियो। 

सरकारले कक्षा १ देखि कक्षा ६ सम्मका लागि दैनिक १५ रुपैँया खाजा खर्च दिने गरेको छ। अब महानगरले त्यसमा दैनिक १० रुपैँया थपेको छ। महानगरले महानगरभित्रका सरकारी विद्यालयमा कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई समेत खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। 

कक्षा ७ र ८ का विध्यार्थीको हकमा दैनिक २५ रुपैँया प्रतिविध्यार्थीको रकम महानगरले नै ब्यहोर्ने छ। खाजा खर्च दैनिक हाजिरीको आधारमा उपलब्ध गराइने छ।

भदौ १२, २०७९ आइतबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।