भत्काइयाे भारतको विवादास्पद ट्वीन टावर

भत्काइयाे भारतको विवादास्पद ट्वीन टावर

एजेन्सी : भारतको नोयडामा रहेको विवादास्पद ट्वीट टावर ध्वस्त भत्काइएको छ।

३७ सय किलोग्राम बारुदले ट्वीट टावरलाई केही सेकेण्डमै ध्वस्त पारेको हो। सुपरटेक बिल्डरले बनाएको एपेक्स र केएन नाम दिइएको यो ३० तलाको थियो।

३२० फिट उचाइको यो टावर भारतमा भत्काइएको सबैभन्दा ठूलो टावर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

टावर भत्काइसकेपछि त्यहाँको सरसफाइको लागि ६ वटा मेकानिकल स्वीपीङ मेसिन र २ सय कामदा परिचालन गरिनेछ। १ सय पानीका ट्याङ्करले त्यहाँको सडक र फुटपाथ सफा गरिनेछ।

टावर भत्काउने भनेपछि विहानैदेखि त्यहाँ रहेका ७ हजार स्थानीयलाई सुरक्षि स्थानमा सारिएको थियो। 

भदौ १२, २०७९ आइतबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।