फिल्म राधा: नाम महिलामैत्री हुँदैमा फिल्म नारीवादी हुँदैन 

फिल्म राधा: नाम महिलामैत्री हुँदैमा फिल्म नारीवादी हुँदैन 

नारी मुख्य पात्र हुँदैमा फिल्म नारीवादी बन्दैन। यो 'राधा' फिल्म हेरेपछि महसुस हुने कुरा हो। 

किनकि यो फिल्म कमजोर नारीको कथा हो, जो श्रीमान् हराएपछि बिचल्लीमा पर्छिन्। झुट बोल्छिन्। रुन्छिन्।

कोरोना महामारीका बेला एक नारीवादीले 'निफ'ले आयोजना गरेको भर्चुअल कार्यक्रममा आमा, माइतीघर, कुमारी लगायत फिल्मलाई नारीवादी फिल्मको संज्ञा दिएकी थिइन्।

अब त्यही तर्कमा टेकेर महिलामैत्री नाम हुनासाथ फिल्मलाई नारीवादी भन्ने हो भने चाहिँ राधा उत्कृष्ट नारीवादी फिल्म हो।

०००
काला, मेटिन लागेका हातका हत्केला र भाग्यरेखा। क्यामरा मुभ हुँदै अगाडि बढ्छ। दाग, कालो पोतिएको अनुहार, गुन्यु चोली, शिरमा सिन्दुर भरेको पूर्ण कद। पर्दामा फिल्मकी मुख्य पात्र राधा (सृष्टी श्रेष्ठ) को तस्बिर कोरिन्छ।

सौगात मल्ल अन्य फिल्ममा जस्तै लाउड सुनिन्छन्। मन बुझाउन सकिने ठाउँ चाहिँ निश्चल बस्नेत, दयाहाङ राई, मेनुका प्रधानहरूको केमियो भूमिका हो।

उनी ज्योतिषकहाँ हात हेराइरहेको दृश्यबाट फिल्मको सुरुआत हुन्छ।

फिल्ममा उनै राधाको संघर्ष हेर्न पाइन्छ। किनभने उनका श्रीमान् बेपत्ता भएको पाँच महिना भयो। घरमा बुढी सासू छिन्। 

राधाको अर्को महत्त्वपूर्ण जिम्मेवारी पनि छ- सासूलाई छोरा बेपत्ता भएको खबर थाहा नदिनु। तर कसरी? यसको सिक्रेट्स फिल्ममा छ।

सायद 'द सिक्रेट स्टोरी अफ राधा' अर्थात राधाको गोप्य कथा यही पो हो कि!

राम्रो पक्ष
फिल्मको राम्रो पक्ष भनेको सृष्टी र सुन्दरको भूमिका निभाएका खगेन्द्र लामिछानेको औसत अभिनय मात्रै हो। 

सौगात मल्ल अन्य फिल्ममा जस्तै लाउड सुनिन्छन्। मन बुझाउन सकिने ठाउँ चाहिँ निश्चल बस्नेत, दयाहाङ राई, मेनुका प्रधानहरूको केमियो भूमिका हो।

कमजोर पात्र बनाएर कथा अगाडि बढाउनु नै फिल्मको कमजोरी हो। मुख्य भूमिका राधाको भए पनि यहाँ सुन्दर परियार भन्ने केटोको साहारा खोजिएको छ। सुन्दर र राधाको सम्बन्ध पनि प्रष्ट पार्न सकिएको छैन।

आमाको भूमिका निभाएकी शारदा गिरीको अभिनय राम्रो छ। यी बाहेक नौला र प्रशंसा गर्ने पक्ष राधा फिल्ममा भेटिएन।

चुकेको पक्ष
निर्देशक फिल्मको सुरुदेखि नै कथा भन्न चुकेका छन्। जस्तो ज्योतिष, भगवान लगायत आस्थाका केन्द्र भनेको सबै ठाउँ धाएर आश मरेपछि आत्मसमर्पण गरेर पुग्ने थलो हो। 

तर, फिल्मको सुरु नै आत्मसमपर्णबाट भएको छ। भाग्य मेटिएको भन्दै हत्केला काटेको दृश्यले त झनै उनी कतिसम्म कमजोर बनिसकिन् भन्ने देखाउँछ।

कमजोर पात्र बनाएर कथा अगाडि बढाउनु नै फिल्मको कमजोरी हो। मुख्य भूमिका राधाको भए पनि यहाँ सुन्दर परियार भन्ने केटोको साहारा खोजिएको छ। सुन्दर र राधाको सम्बन्ध पनि प्रष्ट पार्न सकिएको छैन।

कोही अपरिचित केटो किन राधालाई सहयोग गर्न अगाडि बढ्यो, उसलाई साथ दिँदै किन राजधानीसम्म पछ्यायो, घरमा श्रीमान् नहुँदा र नचिनेको केटोसँग हिमचिम गर्दा समाजले उसलाई किन सजिलै पत्यायो जस्ता कुरालाई बेवास्ता गर्नुले फिल्म सोचे झैँ राम्रो बन्न सकेन।

फिल्ममा क्यामेरा जथाभावी चलाइएको छ। जम्प कट यति धेरै छ कि, दर्शकले स्टोरी कनेक्ट गर्नै सक्दैनन्। समय कताबाट कहाँ पुग्यो पत्तै पाउन सकिन्न। 

फिल्मको नाम 'द सिक्रेट अफ राधा' भनिएको छ। तर दर्शकले राधाको सिक्रेट के हो भन्ने पत्ता लगाउनै सक्दैनन्। एउटा थियो, सासुलाई छोरा बेपत्ता भएबारे सुनाएको, त्यो पनि फिल्म सुरु भएको केही समयमै बाहिरिन्छ।

फिल्म गर्भवती एक महिलाले श्रीमान् पर्खिएको कथा भए पनि निकै कमजोर प्रस्तुति छ।

आमा बाबु नभएकी टुहुरीलाई मामाघरमा पालिएको छ। बुढो मानिससँग विहे गरिदिन खोज्दा ऊ भागेर हिँडेकी छ। एउटा पुरुषलाई भगवान बनाएर टुहुरी, साथमा पैसा नभएकी केटीको साहारा तोकिएको छ। 

त्यही पनि गर्भवती बनाएर बेपत्ता भएको छ। केटी श्रीमान्‌का लागि तड्पिएकी छिन्। अन्त्यमा नारी सहनशील हुन्छन्, जे पनि सहन्छन् भनेर फिल्म सकाइएको छ।

प्राविधिक समस्या
फिल्ममा क्यामेरा जथाभावी चलाइएको छ। जम्प कट यति धेरै छ कि, दर्शकले स्टोरी कनेक्ट गर्नै सक्दैनन्। समय कताबाट कहाँ पुग्यो पत्तै पाउन सकिन्न। 

विगत र वर्तमान कुन हो भनेर छुट्याउन समस्या पर्छ। फिल्मले कथा भन्ने समय र त्यसैअनुसारको कथा पर्दामा देखाउन सकेको छैन।

अन्य फिल्म जस्तै, यो फिल्ममा पनि क्यामेरा एंगलमा धेरै समस्या छन्। विमानस्थलमा शव आउँदाको दृश्यमा क्यामेराले देखाउन खोजेको प्रष्ट हुँदैन। 

राधाको इमोशन देखाउनुपर्नेमा पछाडि ढाड खिचिएको छ। लामो सट छ, त्यो पनि वाइड। शवलाई क्लोज सटमा खिचिएको छ।

फिल्ममा कमजोर र खोक्रो नारीवाद प्रस्तुत गरिएको छ। फिल्मको अन्त्यमा नारीहरू धर्ती हुन्, सहनशील हुन्छन् भन्ने सन्देश छाड्नुले यो फिल्मको कमजोरी झनै प्रष्ट पार्छ। 

फिल्मको लाइटिङमा कमजोर काम भएको छ। उज्यालो खिच्ने चक्करमा लाइटको एक्सपोजर बढी गरिएको छ। एडिटिङमा एक्सपोजर घटाउँदा क्वालिटी कम भएको छ। सानो पर्दामा हेर्दा त फिल्मको गुणस्तर राम्रै आउला, तर ठूलो पर्दामा कम गुणस्तरको भिडियो प्रष्टै देखिन्छ।

मेकअप सबैभन्दा कमजोर पक्ष हो यो फिल्मको। राधा पात्रमा अभिनय गरेकी सृष्टी प्राकृतिक रूपमै गोरो वर्णकी छिन्। गाउँघरमा दुःख पाउने महिलाहरू पनि कोही श्याम वर्णका होलान्, कोही गहुँगोरो होलान्, कोही गोरो पनि हुन्छन्। दुःखी बनाउन कालै पोत्नुपर्छ भन्ने छैन। ठिकै छ, त्यो मेकअपमा आयो। तर कुनैमा कालो देखाउने अनि कुनैको गोरी देखाउने पनि गर्न भएन नि। 

जस्तो सुरुमा कालो हात, कालो अनुहारबाट सुरु भएको कथा, फिल्म सकिने समयमा भने गोरो देखाइन्छ। यस्ता कुराहरू सामान्य हुन् तर फिल्मलाई बलियो बनाउने आधारहरू पनि यिनै हुन्।

फिल्ममा कमजोर र खोक्रो नारीवाद प्रस्तुत गरिएको छ। फिल्मको अन्त्यमा नारीहरू धर्ती हुन्, सहनशील हुन्छन् भन्ने सन्देश छाड्नुले यो फिल्मको कमजोरी झनै प्रष्ट पार्छ। 

तर फिल्म फरक गर्ने प्रयास भने भएको छ। राधा फिल्म हेरेपछि, समूहमा गफ लगाउन र फिल्मका कुरा आउँदा उदाहरण दिन काम लाग्ने पनि थुप्रै कुराहरू छन्। हेर्दा घाटै हुने फिल्म पनि होइन।

भदौ १२, २०७९ आइतबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।