२२औं ईमेज अवार्डको मनोनयन सार्वजनिक, मह जोडीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
काठमाडौं : ईमेज अवार्ड २२औं संस्करणको मनोनयन सार्वजनिक गरिएको छ।
राजधानीको एक पाँचतारे होटलमा शनिबार आयोजित समारोहमा असोज ३ गते हुने अवार्ड अन्तर्गत १५ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।
कोरोना संक्रमण कारण दुई वर्षसम्म हुन नसकेको अवार्डमा २०७६ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक गीत, संगीत, रचना र म्युजिक भिडियो समावेश छन्। अवार्डमा यसवर्षदेखि सर्वोत्कृष्ट नेपहप/र्याप प्रस्तुति विधासमेत समावेश गरिएको छ।
१५ विधा अन्तर्गत सवोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीत रचना, सर्वोत्कृष्ट संगीत, सर्वोत्कृष्ट गायन लोकगीत, सर्वोत्कृष्ट गायन दोहोरी रहेका छन् । यस्तै, सर्वोत्कृष्ट समूह वा युगल गायन, सर्वोत्कृष्ट गायन पप पुरुष, सर्वोत्कृष्ट गायन पप महिला, सर्वोत्कृष्ट गायन पुरुष, सर्वोत्कृष्ट गायन महिला विधा पनि रहेको छ ।
यसैगरी सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार, सवोत्कृष्ट म्यूजिक भिडियो सम्पादक, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट नेपहप/र्याप प्रस्तुति र पब्लिक च्यवाइस अवार्ड विधा छन् । मनोनयनमा परेकामध्ये एउटा विधालाई पब्लिक च्वाइसका आधारमा अवार्ड प्रदान गरिने ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धनरले जानकारी दिए।
यस्तै, यसवर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान उनले बताए।
भदौ ११, २०७९ शनिबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।