एमालेले भावी प्रधानमन्त्रीमा ओलीलाई अगाडि बढाएर चुनावी रणनीति बनाउने

एमालेले भावी प्रधानमन्त्रीमा ओलीलाई अगाडि बढाएर चुनावी रणनीति बनाउने

काठमाडौँ : एमालेले आगामी संसदीय निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्दै निर्वाचन रणनीति बनाएको छ।

पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार बनाए ओली प्रधानमन्त्री हुने निर्णयसँगै निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर प्रदेश र केन्द्रको संसदीय उम्मेदवार नबनाउने समेत निर्णय गरेको छ।

उसले आगामी निर्वाचनका लागि कुनै निर्णय गर्नुपरे त्यसको विशेष अधिकार पनि पार्टी अध्यक्ष ओलीलाई दिने निर्णय समेत गरेको छ। बैठकको लिखित निर्णयमा भने भावी प्रधानमन्त्री को हुने भन्ने उल्लेख गरिएको छैन।

बैठक स्रोतका अनुसार बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकका निर्णयहरू सार्वजनिक गर्नेक्रममा भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्षलाई अगाडि सारेर निर्वाचनमा जाने प्रस्ताव राखेपछि बैठकका सहभागीले पारित गरेका थिए।

भदौ ११, २०७९ शनिबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।