काठमाडौंमा शुक्रबार ट्राफिक नियम नमान्ने ३६ सय चालक कारबाहीमा
काठमाडौं: ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ६६९ जना चालकहरू कारबाहीमा परेका छन्। उनीहरूलाई हिजो काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको हो।
जसमा अनावश्यक हर्न बजाउने ३५४ जना, मापसे गरी सवारी साधन चलाउने २६१ जना, फुटपाथमा पार्किङ गर्ने २४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११७ जना रहेका छन्।
यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९६ जना,अवस्था ठीक नभएका सवारी साधन चलाउने ६० जना, तीव्र गतिमा सवारी साधन चलाउने ७९ जना कारबाहीमा परेका छन्।
ट्राफिक बत्ती (रातो) उल्लङ्घन गर्ने ७७ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३२ जना चालकहरू पनि हिजै कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भदौ ११, २०७९ शनिबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।