क्युएफएक्सविरुद्द आगो भए अभिनेता प्रकाश, शो नदिए चोकमा फिल्म देखाउने चेतावनी

क्युएफएक्सविरुद्द आगो भए अभिनेता प्रकाश, शो नदिए चोकमा फिल्म देखाउने चेतावनी

काठमाडौँ : क्युएफएक्स समूहले नेपाली फिल्म 'प्रकाश' र 'राधा' लाई थोरै शो दिएर भारतीय फिल्म 'लाइगर'लाई प्रमोसन गरेपछि आगो भएका छन् अभिनेता प्रदीप खड्का।

लाइगर बिहीबार बेलुकाबाट हलमा लागेको थियो। अन्य २ नेपाली फिल्म शुक्रवार। हलहरूमा वितरण गरिएको शो समयमा लाइगर नै हाबी भयो। प्रकाश र राधाले कम शो पाए। राधाको टिम मौन छ। प्रकाशको टिम भने क्युएफएक्सले दादागिरी गर्यो भन्दै प्रतिवादमा उत्रिएको छ।

लाइगरप्रति नेपाली दर्शकको समेत आकर्षण देखिन्छ। प्रकाशले पनि राम्रै पब्लिसिटी गरेको थियो। प्राय फिल्मको प्रिमियममा गजब भएकै प्रतिक्रिया आउँछ। हलमा लागेपछि भने मिश्रित प्रतिक्रिया आइरहेका छन्।

तर रिलिजकै दिन हलमा कम शो दिएको भन्दै शुक्रवार अभिनेता आफै प्रतिवादमा उत्रिए वितरक विरुद्ध। उनले दर्शक हलमा आएर फिल्म हेरेर दिने प्रतिक्रियाको आधारमा शो सङ्ख्या तोक्ने भन्दा पनि पहिल्यै कम शो दिएर अन्याय गरेको भन्दै यस्तै हो भने सडकमा प्रोजेक्टर राखेर फिल्म देखाउने धम्की दिए।

‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आङ्कलन गरे पनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि’ उनले भने' साना हलहरूले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठुला हलहरूले अरू फिल्मलाई ५ बजेपछि दुई-दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजे।’
वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले फिल्मको रेस्पोन्स हेरेर विश्लेषण गरेर शो सङ्ख्या तोक्न माग गरे।

भदौ १०, २०७९ शुक्रबार २३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।