हिसाब नदेखाउने एमालेले सुरु गर्यो कार्यकर्ताबाट २ करोड ५० लाख उठाउने काम

काठमाडौँ : निर्वाचन आयोगलाई बुझाएको लेखा परीक्षण दुरुस्त नराखेको एमालेले ५ हजार कार्यकर्ताबाट प्रत्येक महिना प्रतिव्यक्ति ५ हजार उठाउने रणनीति बनाएको छ।
यदि एमालेको सो लक्ष्य पुरा भएमा २ करोड ५० लाख रुपैंया कार्यकर्ताबाट उठ्नेछ। पार्टीले गरेको मुख्य गतिविधि शीर्षकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सो रणनीति उल्लेख गरिएको हो।
ओलीले पेस गरेको प्रतिवेदमा ‘पार्टीको आर्थिक स्रोतलाई दिगो बनाउन मासिक ५ हजार सहयोग दाताहरूको पहिचान र सहयोग लिने कामको थालनी' गर्ने उल्लेख छ।
एमालेको २०७७–०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित विवरण अनुसार जम्मा चन्दा र सहयोग १८ लाख ६२ हजार मात्र पाएको थियो।
२०७६–०७७ को आर्थिक विवरण रुपैयाँ पनि चन्दा पाएको उल्लेख गरेको थिएन। सो वर्ष एक करोड २७ लाख घाटा देखाएको थियो।
भदौ १०, २०७९ शुक्रबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।