संसदीय निर्वाचनमा १३ प्रतिशत मत बढाएर बहुमत ल्याउने एमाले रणनीति
काठमाडौँ : संसद्को ठुलो दल एमालेले मङ्सिर ४ मा हुने संसदीय निर्वाचनको लागि १३ प्रतिशत मत बढाउने रणनीति लिएको छ। स्थानीय तहको निर्वाचनमा करिब ३४ प्रतिशत मत पाएको र १३ प्रतिशत थप्दा मात्र बहुमत पुग्ने भएकाले एमालेले सो रणनीति लिएको हो।
शुक्रवार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा मत वृद्धिको एजेन्डा पेस गरिएको हो।
यस्तो छ ओलीको रणनीति
–मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने।
–आम जनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचार गर्ने।
–एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने।
–आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने।
–हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने।
–नयाँ पुस्तामा विशेष ध्यान दिने।
भदौ १०, २०७९ शुक्रबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।