समयमा काम सक्काउने ठेकेदारलाई राष्ट्रपतिबाट विभूषण दिलाउने गृहमन्त्रीको दाबी
बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शुद्धोदन गाउँपालिका-४ वेतहीमा पश्चिम पाहुनी वेतही फर्साटिकर सडक खण्डको तिनाउ नदीको निर्माण हुने पुलको शिलान्यास गरेका छन्।
२०४८ सालमा आफू चुनावमा हिँड्दा भोगेका पिडा सम्झँदै तिनाउ नदिमा पुल निर्माण गरिएको उनले दाबी गरे।
घनाबस्ती रहेको गाउँ सहरसँग जोडिँदै गर्दा यहाँको विकासले फड्को मार्न तिनाउ नदिमा पुलले सहयोग पुग्ने खाँणको दाबी थियो।
पुलको लागि ५ वर्ष पहिल्यै बजेट परेता पनि निर्माण ढिला भएको थियो। अब भने आफू सरकारमा रहेकाले पुलको निर्माण समयमै सम्पन्न गर्न सरकारी तहबाट के पहल गर्नु पर्छ आफू तयार भएको उनको दाबी थियो।
गृहमन्त्री खाँणले सरकारले बनाएको नीतिअनुसार समयमै पुल सम्पन्न गर्ने ठेक्दारहरुलाई राष्टपतिबाट प्रदान गरिने विभूषित र सम्मान गरिने दाबी गरे।
भदौ १०, २०७९ शुक्रबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।