लाइगरले बढी शो पाएपछि रिसाए प्रदीप, २५ सय फिल्मकर्मीले प्रकाश नहेरे 'के गर्छौँ' भन्दै धम्क्याए

लाइगरले बढी शो पाएपछि रिसाए प्रदीप, २५ सय फिल्मकर्मीले प्रकाश नहेरे 'के गर्छौँ' भन्दै धम्क्याए

काठमाडौँ : रिलिजको पहिलो दिनमै दर्शक नआउँदा कतिपय सोहरू स्थगित भयो फिल्म 'प्रकाश' को। शुक्रवार हलमा 'प्रकाश' सँगै 'राधा' पनि लागिरहेको छ। प्रकाशको त यस्तो अवस्था छ भने राधाको अवस्था के होला! त्यसमा पनि थपिएको छ भारतीय फिल्म 'लाइगर'।

'प्रकाश' को प्रिमियरममा धेरैले फिल्मको प्रस्तुती अनि अभिनेता प्रदीप खड्काको अभिनय मन पराएका थिए। तर प्रिमियममा जति प्रशंसा पाए पनि शुक्रवार भारतीय फिल्म 'लाइगरको भन्दा कमै हल पायो प्रकाशले मल्टिप्लेक्समा।

त्यसको आक्रोश त पोखे प्रदीपले तर मन खोलेर विदेशी फिल्मलाई प्रोत्साहन गरेको भने भन्न सकेनन्। किनकि उनको अर्को फिल्म 'प्रेमगीत २' भारतका हलहरूमा रिलिजको तयारीमा छ। अब उनले भारतीय फिल्म नेपालमा चलाएर नेपाली फिल्मलाई अन्याय भयो भने भने त त्यसको असर उता भारतमा पनि पर्न सक्छ।

त्यसैले उनी जोगिँदै बोलिरहेका छन्। तर जति जोगिए पनि उनी रिसाउन भने रिसाए। फिल्मलाई मल्टिप्लेक्स हल सञ्चालकहरूले पराईको व्यवहार गरेको भन्दै उनी रिसाए। तर बोलीमा भने जोगिए' बाहिरको चिज रोक्नुपर्छ भन्ने त हुँदै होइन। यो प्रतिस्पर्धाको समय हो।'

उनको आक्रोशको तारो बने फिल्म क्षेत्रमा प्रत्यक्ष सहभागीहरू। नेपाली फिल्म क्षेत्रमा २ हजार पाँच सय व्यक्तिहरू प्रत्यक्ष संलग्न रहेको र उनीहरूले मात्र शुक्रवार फिल्म हेरिदिने हो भने शो बढ्ने भन्दै उनले चेतावनी शैलीमा भने' २५ सय मानिसहरू सबै शुक्रवार नउत्रिने हो भने हामीहरूले के गर्छौ थाहा छ, तर तपाईँहरूले फिल्म नबनाए हुन्छ। २५ सय मानिस सबैले हल भरिदिने हो भने प्रदर्शकहरूले शो थप्छन् कि थप्दैनन् भन्ने पनि देखिन्छ।'

उनले शो नपाएकोमा प्रदर्शकहरूसँग समेत रिसाउँदै आफूले अभिनय गरेको फिल्मको शो थप्न लायक छैन भनेर कन्भिन्स गर्न भने। यदि प्रकाश फिल्म शो थप्न लायक फिल्म नभए आफूले अर्को पटकबाट फिल्ममा अभिनय गर्नै छाडिदिने चुनौती समेत दिए।

भदौ १०, २०७९ शुक्रबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।