नाइजेरियामा भएको आतङ्कवादी कारबाहीमा बोको हरामका ५७ जना मारिए

नाइजेरियामा भएको आतङ्कवादी कारबाहीमा बोको हरामका ५७ जना मारिए

एजेन्सी: नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा ५७ जना मारिएका छन्। दुई हप्तायता सो क्षेत्रमा सेनाले जारी राखेको कारबाहीमा सो सङ्ख्यामा आतङ्कवादीहरू मारिएका हुन्।

नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीका अनुसार नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा सो कारबाही गरिएको थियो। सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो।

कारबाही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाकु मारिएका हुन्। उनीहरुले बोर्नाे र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो।

यस क्रममा एक हजार ६ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए। उनीहरूले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ।

नाइजेरियाको बोर्नाे प्रान्तमा बोको हरामका लडाकुहरूको प्रभाव रहेको मानिन्छ।

भदौ १०, २०७९ शुक्रबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।