डेंगु सङ्क्रमणका कारण पूर्व गाविस उपाध्यक्षको मृत्यु
बुटवल: डेंगु सङ्क्रमित एक जना बिरामीको मृत्यु भएको छ। अर्घाखाँचीको मालारानी गाउँपालिका- १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ७६ वर्षीय वृद्धको डेंगुका कारण मृत्यु भएको हो।
केही दिनदेखि अस्वस्थ रहेका उनलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो। बिहीबार काठमाडौं लैजाने तयारी गरेको अवस्थामा दिउँसो उनको मृत्यु भएको हो।
मृतक अर्घाखाँचीको मरेङ गाविसका पूर्व उपाध्यक्ष हुन्।
केही सातायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन्। बुटवलका सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरूको संख्या बढेको वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताए।
भदौ १०, २०७९ शुक्रबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।