अल्फाबिटा कम्प्लेक्समा डोजर लगाएपछि बालेनले भने- ‘...मैले के बिराएँ?’
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूले घरधनीकै माग अनुसारको काम गरेको बताएका छन्।
बिहीबार अल्फाबिटा कम्प्लेक्समा अवस्थित अल्फाकेयर फार्मेसीमा डोजर लगाएपछि फेसबुकमा एक स्टास लख्दै उनले आफैँले बुझेर अवैधानिक रूपमा बनाइएका संरचना हटाउन आग्रह गरेका छन्।
‘उहाँले नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?’ उनले लेखे, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले बुझेर आफैँले अवैधानिक रूपमा बनाइएका संरचना हटाइदिनुहोला। नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइदिनुहोला।’
बिहीबार विहान अल्फाबिटा कम्प्लेक्समा अनुगमनका लागि पुगेका बालेनलाई घरधनी द्विराज शिवाकोटीले आफ्नै घरको नक्सा महानगरसँग मागेका थिए। त्यसक्रममा बालेन र घरधनीबीच विवादसमेत भएको थियो।
विवादपछि महानगर पुगेर घरको नक्साको अध्ययन गर्दै उनी डोजर र नक्सासहित कम्प्लेक्स पुगेर अवैधानिक रूपमा बनाइएका संरचनामा डोजर चलाएका थिए।
भदौ ९, २०७९ बिहीबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।