‘प्रेम गीत ३’ नेपाली र हिन्दी गीतको भिडियो सार्वजनिक
काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम गीत ३’को नेपाली र हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक दुवै गीतको भिडियोमा अभिनेता खड्का र नायिक क्रिस्टिना गुरुङको प्रेम भाव र रोमान्स देख्न सकिन्छ।
‘मायाको गाउँ’ बोल दिइएको नेपाली गीतमा प्रदाप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ।
‘कोइ ना कोइ नाता हे’ बोलको हिन्दी गीतमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा तथा सुभाष कालेको शब्द रहेको छ।
असोज ७ गतेबाट नेपाल र भारतमा एकैसाथ रिलिज हुने तयारीमा रहेको चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन गरेका हुन्। सेन चलचित्रमा निर्माता पनि हुन्।
हिन्दी भाषामा भने चलचित्रलाई सुभाष काले, प्रशान्त कुमार गुप्ता, मुरली टिलवानी, सन्तोष सेन र सुष्मा शिरोमणीले निर्माण गरेका हुन्।
भदौ ९, २०७९ बिहीबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।