१५ दिनपछि होशमा आए राजु श्रीवास्तव, नर्सलाई सोधे 'मलाई अस्पतालमा किन राखिएको?'
एजेन्सी: चर्चित कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होशमा आएका छन्। १० अगस्टका दिन हृदयघात भएका कारण जिम गर्दागर्दै ढलेका राजु यसबीचमा गम्भीर हालतमा पुगेका थिए।
उनको दिमागले समेत प्रतिक्रिया जनाएको थिएन भने उनलाई होशमा ल्याउन अमिताभ बच्चनको समेत आवाज सुनाइएको थियो।
उनको दिमागले काम गर्न छोडेपछि मृत्युको अफवाह समेत फैलिएको थियो।
हाल बिहीबार बिहानै उनी होशमा आएका हुन्। उनले होशमा आउनासाथ नजिकै भएकी नर्सलाई सोधेका थिए कि उनी किन र कसरी अस्पतालमा छन् भनेर। जवाफमा नर्सले रिँगटा लागेर बेहोश भएकाले अस्पताल ल्याइएको बताइन्।
अझै पनि राजु पाइपमार्फत नै दूध पिइरहेका छन्। न्यूरो फिजियोथेरापीमार्फत उनको दिमागमा अक्सिन पुर्याउने काम भइरहेको छ।
उता राजुको ठूलो दाइले लगातार सात दिनदेखि भाइको सुस्वास्थ्यका लागि रुद्राभिषेक गराइरहेका छन्।
भदौ ९, २०७९ बिहीबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।