रुस-युक्रेन युद्ध: ६ महिना पूरा भएको दिन ट्रेन स्टेशनमा रकेट हमला, २२ जनाको मृत्यु

रुस-युक्रेन युद्ध: ६ महिना पूरा भएको दिन ट्रेन स्टेशनमा रकेट हमला, २२ जनाको मृत्यु

एजेन्सी: युक्रेनको एक ट्रेन स्टेशनमा रुसी रकेट हमलाबाट २२ जनाको ज्यान गएको छ। रुसले युक्रेनमाथि हमला गर्न थालेको ६ महिना पुगेको दिन उक्त हमला भएको युक्रेनले जनाएको छ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पहिलो हमला गरेको थियो।

मृतकमध्ये पाँच जनाको गाडीभित्रै जलेर मृत्यु भएको छ। यस्तै एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक जारी रहेको बेला यसबारे बताएका थिए। उनका अनुसार घटनामा ५० जना घाइते भएका छन्।

यस विषयमा रुसले भने केही पनि बताएको छैन। राष्ट्रपति जेलेन्स्कीले भने "रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकको लागि यसरी तयारी गरेको छ" भन्दै तीतो यथार्थ पोखे।

भदौ ९, २०७९ बिहीबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।