प्युठानमा एमालेबाट सूर्य थापाको सम्भावना, माओवादीसँग सापटी लिएको चुनाव चिह्नले जोगाउला बामदेवलाई ?
बुटवलः एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। कुनै बेला 'जनमोर्चाको पकड' मानिएको प्युठानमा यसपटक बामदेव गौतमले दावी गरिरहेका छन्।
अब प्युठानमा गठबन्धनको बलमा जनमोर्चाले आफ्नो ‘साख’ जोगाउनसक्ने सम्भावनासँगै बामदेव गौतमले गोलाकारभित्रको हसिँया हतौडाको बलमा संसद् भवन प्रवेश गर्नसक्ने सम्भावना पनि उत्तिकै छ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको रापले प्युठानलाई छोइसकेको छ। नेताहरू कार्यकर्ता भेटघाटलाई तीव्र बनाउँदै टिकटका लागि लबिङ समेत गरिरहेका छन्।
०००
प्युठान कम्युनिष्ट ‘गढ’ मानिएको जिल्ला हो। मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, वामदेव गौतम, सूर्य थापा यही जिल्लाका हुन्।
हालै एकता अभियानका संयोजक बामदेव गौतमले प्युठानबाट निर्वाचन लड्न तयार भएको र त्यसका लागि आफूले हसिँया हतौडाको चुनाव चिह्न स्वीकार गरेको भनेसँगै प्युठानमा बामदेव नै गठबन्धनका उम्मेदवार हुन् वा अरू भन्नेबारे अलमल सिर्जना भएको छ।
०७४ सालको निर्वाचनमा प्युठानबाट प्रतिनिधी सभामा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन्।
त्यसबेला उनलाई एमाले र माओवादीको साथ थियो। उनले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन्।
पौडेलले ४७ हजार ५१४ मत पाउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए।
०७४ सालमा एमाले माओवादी र जनमोर्चा मिलेको प्युठानमा यसपटक भने एमाले एक्लै निर्वाचन लड्नेछ।
यता गठबन्धनलाई उम्मेदवार टुंगाउन कठिन हुने निश्चित छ। हालै एकता अभियानका संयोजक बामदेव गौतमले प्युठानबाट निर्वाचन लड्न तयार भएको र त्यसका लागि आफूले हसिँया हतौडाको चुनाव चिह्न स्वीकार गरेको भनेसँगै प्युठानमा बामदेव नै गठबन्धनका उम्मेदवार हुन् वा अरू भन्नेबारे अलमल सिर्जना भएको छ।
सूर्य थापाका अलवा मणिचन्द्र थापा र हरि रिजाल पनि एमालेबाट आकांक्षी हुन्। रिजाल हाल लुम्बिनी प्रदेश सभा सदस्य छन्। उनी शंकर पोखरेल नेतृत्त्वको सरकारमा मन्त्री समेत भएका थिए।
गठबन्धनबाट अहिलेसम्म कांग्रेसले डा. गोविन्दराज पोखरेललाई नै सम्भावित उम्मेदवार ठानेको छ। कांग्रेसका पोखरेल यसअघि जनमोर्चाकी पौडेलसँग पराजित भएकाले साख जोगाउन उनले टिकट पाउने सम्भावना छ। तर फेरि गठबन्धनबाट जनमोर्चाले टिकट पाएमा मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल नै उम्मेदवार हुनेछिन्।
दुवै अवस्थामा पुराना प्रतिद्वन्द्वीले एकअर्कालाई भोट हाल्नुपर्ने हुन्छ।
बामदेव गौतम माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने तय भइसकेकाले माओवादीका दावेदार लुम्बिनी प्रदेशका अर्थ तथा योजना मन्त्री कृष्णध्वज खड्काले टिकट नपाउने सम्भवना छ।
यसो भएमा खड्का पुनः प्रदेशमै थन्किनेछन्।
एमालेबाट प्युठानमा बलिया दावेदार हुन् सूर्य थापा। उनी एमालेका जिल्ला इन्चार्ज पनि हुन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए।
थापा अहिले जिल्ला केन्द्रित छन्। थापाका अनुसार कुल ६४ वडा रहेको प्युठानका ५० वडामा उनले विभिन्न प्रशिक्षण गराएका छन्।
सूर्य थापाका अलवा मणिचन्द्र थापा र हरि रिजाल पनि एमालेबाट आकांक्षी हुन्। रिजाल हाल लुम्बिनी प्रदेश सभा सदस्य छन्। उनी शंकर पोखरेल नेतृत्त्वको सरकारमा मन्त्री समेत भएका थिए।
जिल्लामा ९ पालिका छन्। कांग्रेसले स्वर्गद्वारी नगरपालिका, ऐरावति र गौमुखीमा जित हात पारेको थियो। एमाले नौवाहिनी र सरुमारानी गाउँपालिकामा विजयी हुँदा माओवादी प्युठान नगरपालिकासहित माण्डवी र झिमरुक गाउँपालिकामा विजयी भएको थियो। जनमोर्चा मल्लरानी गाउँपालिकामा विजयी भएको थियो।
तीन जना आकांक्षी रहे पनि जित्ने उम्मेदवारले टिकट पाउने इन्चार्ज थापा बताउँछन्।
‘अझै छलफल चलेको छैन। जसले टिकट पाउँछ ऊ जित्नेगरी प्युठानमा निर्वाचन लड्नेछ’, उनले भने।
नेपाली कांग्रेस, माओवादी, जनमोर्चा, समाजवादीसहितको गठबन्धन प्युठानमा हुनेभएकाले एमालेबाट जसले टिकट पाए पनि जित्न भने हम्मे हम्मे नै हुनेछ।
तथापि प्युठानमा एमाले बलियो चाहिँ छ। स्थानीय तहको निर्वाचनमा आएको मतपरिणमले पनि यसको पुष्टि गर्छ।
वैशाख ३० मा भएको निर्वाचनमा वडा अध्यक्षले पाएको मत हेर्ने हो भने प्युठानमा एमाले पहिलो स्थानमा छ। एमालको ४० हजार ९९३, कांग्रेसको २१ हजार २२, माओवादीको १५ हजार ७४६, जनमोर्चाको १३ हजार ८५४, समाजवादीको एक हजार ३२२ र नेत्रविक्रम चन्द 'विप्लव'को नेकपाको एक हजार ४१७ मत छ।
हाल त्यहाँ मतदाताको संख्या एक लाख ६१ हजार रहेको छ।
जिल्लामा ९ पालिका छन्। कांग्रेसले स्वर्गद्वारी नगरपालिका, ऐरावति र गौमुखीमा जित हात पारेको थियो। एमाले नौवाहिनी र सरुमारानी गाउँपालिकामा विजयी हुँदा माओवादी प्युठान नगरपालिकासहित माण्डवी र झिमरुक गाउँपालिकामा विजयी भएको थियो। जनमोर्चा मल्लरानी गाउँपालिकामा विजयी भएको थियो।
त्यसमध्ये माओवादीले जितेको झिमरुक गाउँपालिकामा एमाले र माओवादीको चुनावी गठबन्धन रहेको थियो।
३० वर्षदेखि झिमरुक गाउँपालिकामा जनमोर्चाले राखेको दबदबा स्थानीय तहको निर्वाचनमा माओवादी र एमाले मिलेर तोडेका थिए।
यता एमाले विजयी हुन नसकेका पालिकामा पनि मतान्तर झिनो थियो। यसैलाई आधार मानेर एमाले इन्चार्ज थापा गठबन्धन दलहरू एक भए पनि एमाले विजयी हुने दावी गर्छन्।
जिल्लाको माण्डवी गाउँपालिकामा एमाले १३० मतले हारेको थियो। मल्लरानीमा २४४, गौमुखी गाउँपालिकामा ४८१ मतले पराजित हुँदा प्युठान नगरपालिकामा एमाले ७५५ मतले पराजित हुन पुगेको थियो।
वडामा एमाले र कांग्रेस समान संख्यामा विजयी भएका थिए। ६४ वटा वडामध्ये एमाले, कांग्रेसले समान २०/२०, माओवादी र राष्ट्रिय जनमोर्चाले १०/१० वटा वडा जितेका थिए।
विप्लवले दुई वटा वडा जित्दा स्वतन्त्रबाट पनि दुई वटा वडाध्यक्षमा विजयी भएका थिए।
पालिका प्रमुखको मतपरिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ। एमालेको ३९ हजार १२८ मत छ। यो आधारमा एमाले प्युठानमा ९ हजार ४३ मतले पछि छ।
राष्ट्रिय जनमोर्चाको गढ प्युठानमा विस्तारै तोडिँदै छ। मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाइँ समेत छैनन्। उनीहरू एमाले प्रवेश गरेका छन्।
‘पालिका प्रमुखको मत हेर्दा एमाले पछि देखिए पनि समग्रमा एमाले प्युठानमा विजयी हुने निश्चित जस्तै छ। वैशाखदेखि जिल्लामा ५० जना जिल्ला तहका नेताहरू पार्टीमा प्रवेश गरेका छन्। जनमोर्चाको च्यानल नै तोडेर एमालेमा प्रवेश गराउन सफल भएका छौँ। त्यस कारण एमाले डराउँदैन’, थापाले भने।
यता नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले केन्द्रको निर्णय अनुसार पार्टी अघि बढ्ने बताए। केन्द्रमा गठबन्धन हुने निर्णय भइसकेकाले गठबन्धनको साझा उम्मेदवारको टुंगो लागेसँगै जिल्लामा चुनावी गतिविधिलाई पार्टीले तीव्र पार्ने उनले बताए।
जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण खड्काले अहिलेको गठबन्धन निर्वाचनसम्म रहेमा प्युठान जनमोर्चाले नै पाउने र उम्मेदवारमा पनि पौडेलकै सम्भावना बढी रहेको बताए।
उनले विगतको जनआधारलाई हेरेर गठबन्धन दलहरूले निर्णय लिनुपर्ने बताए।
जनमोर्चाको गढ तोडियो
राष्ट्रिय जनमोर्चाको गढ प्युठानमा विस्तारै तोडिँदै छ। मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाइँ समेत छैनन्। उनीहरू एमाले प्रवेश गरेका छन्।
जिल्ला तहका नेताहरू अर्जुन वि.क., मोहन रोका लगायत पनि एमालेमा गइसकेका छन्।
सिंहका भाइ पर्ने सुरेन्द्र जीसी पनि एमालेमा छन्। सिंहकी बहिनी अजिता सिंह ढकाल, ज्वाइँ योगेन्द्र ढकाल एमाले प्रवेश गरेका छन्।
प्युठानका केही जनताहरू त्यो बेला माओवादीले ‘कि गोठ, कि नोट, कि भोट’ भन्दै दबाबमा पारेर निर्वाचनमा विजयी भएको बताउँछन्। त्यो बेला क्षेत्र नं. १ मा नारायणप्रसाद अधिकारी विजयी भए। क्षेत्र नं. २ मा दीपक केसी विजयी भए।
भाइहरूमध्ये लामो समयदेखि हरिविक्रम सिंह र भोजेन्द्र सिंह एमालेमै छन्।
०३६ देखि ०७४ सम्म प्युठानबाट कस–कसले जिते चुनाव?
०३६ सालमा प्युठानमा निर्दलले जित्यो। ०४८ सालको निर्वाचनमा जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो। क्षेत्र नं. १ मा शिवराज सुवेदी र क्षेत्र नं. २ मा मुक्तिप्रसाद शर्मा विजयी भएका थिए।
०५१ सालको निर्वाचनमा क्षेत्र नं. १ मा मसालका नवराज सुवेदी विजयी भए। क्षेत्र नं. २ मा उनै शिवराज सुवेदी विजयी भए।
०५६ सालमा दुई वटै निर्वाचन क्षेत्रमा जनमोर्चा विजयी भयो। क्षेत्र नं. १ मा हरिप्रसाद आचार्य र क्षेत्र नं. २ बाट नवराज सुवेदी विजयी भए।
०६४ सालमा शान्ति प्रक्रियासँगै निर्वाचनमा आएको माओवादीले प्युठानका दुई वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्यो।
प्युठानका केही जनताहरू त्यो बेला माओवादीले ‘कि गोठ, कि नोट, कि भोट’ भन्दै दबाबमा पारेर निर्वाचनमा विजयी भएको बताउँछन्। त्यो बेला क्षेत्र नं. १ मा नारायणप्रसाद अधिकारी विजयी भए। क्षेत्र नं. २ मा दीपक केसी विजयी भए।
०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने प्युठानका दुई वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो। क्षेत्र नं. १ मा बामदेव गौतम विजयी भए। क्षेत्र नं. २ मा हिराबहादुर केसी विजयी भए।
त्यसपछि प्युठान दुई निर्वाचन क्षेत्रबाट एकमा खुम्चियो। अनि ०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चासहितको गठबन्धन बनेर संघीय चुनावमा जनमोर्चाकी दुर्गा पौडेलले जितिन्।
प्रदेश सभा तर्फ एमालेका हरि रिजाल र माओवादीका कृष्णध्वज खड्का निर्वाचित भए।
भदौ ९, २०७९ बिहीबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।