विरोधी आवाज बन्द गर्ने तयारीमा मोदी, एनडिटिभी किन्दै भाजपानिकट व्यापारी अडानी 

विरोधी आवाज बन्द गर्ने तयारीमा मोदी, एनडिटिभी किन्दै भाजपानिकट व्यापारी अडानी 

एजेन्सी । एसियाका सबैभन्दा धनी गौतम अडानीले भारतीय टिभी च्यालनल एनडिटिभी किन्न खोजेको खुलासा भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीनिकट व्यापारी अडानीले मोदी सरकार र भारतीय जनताको पार्टीप्रति आलोचनात्मक चेत राख्ने टेलिभिजन च्यानल किन्न खोजेपछि भारतीय सञ्चार जगतमा सनसनी मच्चिएको छ।

टेलिभिजन र वेबसाइटमार्फत समाचार सम्प्रेषण गर्ने एनडिटिभी अडानीले किन्न लागेको खबरपछि टेलिभिजनले एक विज्ञप्ति निकालेर आफूहरूले पत्रकारितामा कहिल्यै पनि सम्झौता नगरेको बताएको छ। उसले आफ्नो कम्पनी सधैँ गर्वका साथ पत्रकारितको पक्षमा उभिने जनाएको छ।

टेलिभिजनमा सरकार र कर्पोरेट हाउसहरूको बढ्दो प्रभावका बीन एनडिटिभीले आफ्नो छुट्टै आधार खडा गरेको छ। पत्रकारहरू राधिका रोय र प्रणय रोयले स्थापना गरेको यस टिभीले मोदी सरकार उसका नीतिहरूमा आलोचनात्मक चेत राख्ने मिडियाअन्तर्गत पर्छ।

सन् २०१४ मा मोदी सत्तामा आएपछि एनडिटिभी मोदी सरकार र उनको भारतीय जनता पार्टीको निशानामा पटक–पटक परेको छ।

सिआईबी, आयकर विभाग लगायतका देशका अनुसन्धान एजेन्सीहरूले यसका प्रसाणकर्ता र संस्थापकहरूविरुद्ध धेरै मुद्दा दायर गरेका छन्। तीमध्ये अधिकांशले सफाइ पाएका छन् भने केही अझै जारी नै छन्।

एडडिटिभीले विपक्षी राजनीतिक दल कंग्रेस आईलाइ सहयोग गरेको भन्दै आलोचना हुने गरेको छ। टिभीको सम्पादकीय नीतिको विरोधस्वरूप भारतीय जनता पार्टीका नेताहरूले कहिलेकाहिँ यस च्यानलका अन्तरवार्ता र प्यानल छलफलमा भाग लिनसमेत अस्वीकार गर्ने गरेका छन्।

प्रधानमन्त्री भएदेखि नै पत्रकार सम्मेलन नगरेका मोदीले आफूअनुकुलका केही मिडियामा केही अन्तरवार्ता दिएपनि उनी अहिलेसम्म एनडिटिभीमा देखिएका छैनन्। 

भदौ ८, २०७९ बुधबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।