पाकिस्तानमा मिसाइल हान्ने भारतका तीन वायुसेना अधिकारी बर्खास्त

पाकिस्तानमा मिसाइल हान्ने भारतका तीन वायुसेना अधिकारी बर्खास्त

एजेन्सी : भारत सरकारले विनकारण पाकिस्तानी सीमामा मिसाइल हानेकोमा दोषी ठहर गर्दै भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त गरेको छ।

९ मार्चमा भारतीय वासुसेनाले पाकिस्तानी सीमामा ब्रम्हास्त्र मिसाइल हानेको थियो । घटनाको छानबिनपछि तीन वायुसेनाका अधिकारीलाई बर्खास्त गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ।

छानिबनको लागि गठन भएको कोर्ट अफ इन्क्वायरीले मानक सञ्चालन प्रक्रिया (एसओपी) उल्लंघन गरेर तीन अधिकारीले मिसाइल हानेको पुष्टि भएकाले कारबाही गरिएको भारतीय वायुसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्र सरकारले तीन अधिकारीलाई बर्खास्त गर्दै घटनाप्रति खेद प्रकट गरेको छ। पाकिस्तानको सरकारी मिडियाका अनुसार ब्रम्हास्त्र मिसाइल पाकिस्तानको हवाई क्षेत्रको १ सय किलोमिटर भित्रसम्म पसेको थियो।

भदौ ८, २०७९ बुधबार ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।