दीपाश्रीको जन्मदिनमा दीपकको भावुक सन्देश' समाजका तीता प्रश्नको पिडा झेलेर साथ दिने तिमि नै थियौ !'

दीपाश्रीको जन्मदिनमा दीपकको भावुक सन्देश' समाजका तीता प्रश्नको पिडा झेलेर साथ दिने तिमि नै थियौ !'

काठमाडौँ :  अभिनेत्री दीपाश्री निरौला अनि अभिनेता दीपकराज गिरीको सम्बन्ध के हो ? यी दुबैका लागि मात्रै हैन दर्शकका लागि पनि अब यो प्रश्नको अर्थ छैन। उनीहरू निकटका लागि उनीहरूबिचको सम्बन्ध जसरी ओपन सेक्रेट हो यी दुवैको सम्बन्धबारे चासो राख्ने दर्शकका लागि पनि उत्तिकै ओपन भइसक्यो।

श्रीमती अनि आमा भन्ने शब्दसँगको दीपाश्रीको मोह अनि त्योसँगको उनको दुरीले उनलाई कति पिडा दिइरहेको छ भन्ने भावना उनले गोप्य कोठामा सीमित विश्वासिलामाझ मात्रै हैन उनले एकाध अन्तर्वार्ताहरूबाट सार्वजनिकै गरिसकेकी छिन्। त्यसैले त अहिले दीपाश्रीले विवाह कहिले गर्ने भन्ने प्रश्नबाट छुटकारा पाइसकेकी छिन्। 

उनै दिपाश्रीको जन्मदिनमा  दीपकराज गिरीले सामाजिक सञ्जालमा बढो भावुक शुभकामना राख्दै लेखेका छन्' म जस्तो अव्यवहारिक मानिसलाई जीवन सिकाउने तिमि नै थियौ, आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुसी हुने मान्छे पनि तिमि थियौ !, समाजका तीता प्रश्नहरूको पिडालाई झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ!'

दीपकले दीपाका लागि कवितात्मक शैलीमा लेखेको जन्मदिनको सन्देश

हरेक वर्ष झैँ आजको दिन मलाइ कसै सँग शब्दहरू सापटी माग्न मन लाग्छ

किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !

मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुँदिएको छ

हेर्दा हेर्दै अब त ३० वर्ष पनि बितेछ !

तिमि धनियाँ बनेर आएकी थियौ र त

रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो !

टेलिभिजनको सानो पर्दा हुँदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ!

म जस्तो अव्यवहारिक मानिसलाई जीवन सिकाउने तिमि नै थियौ

आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुसी हुने मान्छे पनि तिमि थियौ !!

समाजका तीता प्रश्नहरूको पिडालाई झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!

यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र?

त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ

ह्याप्पी बर्थ डे टु यु होइन टु मी भन्न मन लाग्छ …

आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने

यस्तो अनमोल साथीलाई जन्मदिनको लाखौँ शुभकामना!!!

दीपाश्रीलाई उकेरा टिमकोतर्फबाट पनि जन्मदिनको शुभकामना।

भदौ ७, २०७९ मंगलबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।