काठमाडौंमा हैजाका दुई संक्रमित थपिए, ३४ जना पुरुष मात्र
काठमाडौं : काठमाडौं उपत्यकामा हैजामा थप दुई संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरणमा दुई जना थपिएसँगै उपत्यकामा संक्रमितको संख्या ६४ पुगेको उल्लेख छ।
संक्रमितमध्ये ३० जना महिला र ३४ जना पुरुष हुन्। त्यसमध्ये पनि ३ जना ५ वर्षमुनिका छन्।
उपत्यकामा पछिल्लो समय हैजा संक्रमण तीव्र भइरहेको छ। एक साता हैजाका १० संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
भदौ ७, २०७९ मंगलबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।