नयाँ हिरो चिनाएर प्रदीपले ल्याए ‘महापुरुष’, पोस्टरमा ‘जात्रा’कै ह्याङओभर
काठमाडौं : ‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराईले चलचित्र ‘महापुरुष’मार्फत नयाँ नायक चिनाएका छन्।
चलचित्रको पोस्टर सार्वजनिक गर्दै भट्टराईले अरुण क्षेत्रीलाई चलचित्रकाे मुख्य भूमिकामा लिइएकाे जानकारी गराएका हुन्।
सार्वजनिक पाेस्टरमा ‘जात्रा’कै जस्तो पहेँलो ब्याकग्राउन्डमा बाइक उडाएका क्षेत्रीको पछाडि हास्यकलाकार हरिवंश आचार्य सवार छन्। पोस्टरमा फिल्मको नाम पनि ‘जात्रा’को जस्ताे फन्टमा लेखिएकाे छ।
सर्वाधिक हिट फिल्म रहेकाले पनि निर्माता र निर्देशकलाई ‘जात्रा’को पोस्टरका केही थिम ‘महापुरुष’को पोस्टरमा देखाएका हुनसक्छन्। ‘जात्रा’ र ‘जात्रै जात्रा’ सफलताको ब्याज अलिकति भए पनि खाउँ भन्ने उनीहरूलाई लागेको हुनसक्छ।
म्याक्स दिपेश खत्रीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्देशक रबिन्द्र सिंह बानियाँ हुन्।
कात्तिक ११ गते प्रदर्शन मिति तोकिएको फिल्ममा क्षेत्री र आचार्यको अलावा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अञ्जना बराइली र रबिन्द्र सिंह बानियाँको मुख्य भूमिका छ।
भदौ ७, २०७९ मंगलबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।