सुडानमा बाढीबाट ८३ जनाको मृत्यु, सहयोग संकलन गर्न छुट्टै बैंक खाता खोल्दै सरकार

सुडानमा बाढीबाट ८३ जनाको मृत्यु, सहयोग संकलन गर्न छुट्टै बैंक खाता खोल्दै सरकार

एजेन्सी: सुडानमा वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ। सोमबार रातिसम्म सो सङ्ख्यामा मानिसहरूको ज्यान गएको हो।

यस्तै बाढीले १८ हजार घर बगाएको बताइएको छ। २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ।

बाढीका कारण एक लाख ३६ हजारभन्दा बढी व्यक्ति प्रभावित भएर अन्यत्रै सारिएको छ। थुप्रै बेपत्ता छन्।

सुडानमा सन् १९४६ पछि पहिलोपटक नदीहरूमा पानीको सतह धेरै बढेको जनाइएको छ। बाढीको बढी प्रभाव रहेका विभिन्न ६ राज्यमा सुडानको मन्त्रिपरिषदले आपत्कालको घोषणा गरेको छ।

बाढीपीडित उद्धारका लागि देशी तथा विदेशी सहयोग सङ्कलन गर्न सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ।

भदौ ७, २०७९ मंगलबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।