सूचनाको म्याद नाघेपछि फिल्डमा बालेन्द्र, भत्काइए अनाधिकृत संरचना
काठमाडौं : अन्डरग्राउण्ड पार्किङ अरु प्रयोजनमा नलगाउन जारी गरिएको सूचनाले ३५ दिने म्याद नाघेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सोमबार नयाँ बानेश्वर क्षेत्रमा उत्रिए।
सूचनाको म्याद सकिएपछि उनी आफैँ फिल्डमा उत्रिएका शाहले पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको बताए।
सोमबार बानेश्वरबाट सुरु भएको कारबाही महानगरभर पुग्ने भन्दै उनले पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङकै लागि प्रयोग गर्न आग्रह गरे।
अनुगमन र कारबाहीको क्रममा नयाँ बानेश्वर क्षेत्रमा पार्किङमा निर्माण गरिएका अनाधिकृत संरचना भत्काइएको छ।
भदौ ६, २०७९ सोमबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।