मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पाष्टर गाेतामे पक्राउ
बुटवल : मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम सृजना गरेको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी जानकारी दिए।
बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको थियो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको केसीले बताए।
भदौ ६, २०७९ सोमबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।