आईपीओ भर्दा पाँच रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने
काठमाडौंः अब आईपीओ भर्दा पाँच रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ। भदौ ५ गते बसेको नेपाल धितोपत्र बोर्डको बैठकमा सी–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको थियो।
बोर्डका अध्यक्ष रमेश हमालका अनुसार यो निर्णय चाँडै कार्यान्वयनमा आउने छ। अब जारी हुने आईपीओबाटै यो प्रावधान लागू हुनसक्ने बताइएको छ।
बोर्डले अधिकतम पाँच रुपैयाँ लिन पाउने प्रस्ताव गरेको हो। जसअनुसार पाँचभन्दा कम वा निःशुल्क पनि आईपीओ भर्नसक्ने व्यवस्था हुनसक्छ।
पाँच रुपैयाँमध्ये एक रुपैयाँ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउनेछ। एक रुपैयाँ सीडीएस एण्ड क्लियरिङले पाउनेछ।
भदौ ६, २०७९ सोमबार १२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।