ऋचाले पाइन् उत्कृष्ट अभिनेत्रीको पुरस्कार

ऋचाले पाइन् उत्कृष्ट अभिनेत्रीको पुरस्कार

काठमाडौँ :  अभिनेत्री ऋचा शर्माले छोटो फिल्म ‘ब्लड मनी’ मा गरेको अभिनयमा लागि ‘उत्कृष्ट अभिनेत्री’को पुरस्कार पाएकी छिन्। टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा उनले उत्कृष्ट अभिनेत्रीको विधामा पुरस्कार पाएकी हुन्। पुरस्कृत हुनेहरूको नाम सार्वजनिक भए पनि पुरस्कार भने आगामी डिसेम्बर १७ मा सिड्नीमा वितरण गरिने छ।

 ब्लड मनीमा ऋचाले साउदी अरबमा अपराधको कसुरमा जेल परेका ब्यक्तीको जीवनसाथीको भूमिकामा अभिनय गरेकी थिइन्। अशोक तिमिल्सिनाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा ऋचाको श्रीमानको भूमिकामा अशोकले नै अभिनय गरेका छन्।

वैदेशिक रोजगारीका लागि खाडीमा गएका केही नेपाली अपराधमा जेलमा परे पनि त्यहाँको कानुन अनुसार पीडित परिवारले मागेको रकम दिन सकेमा कैद सजाय माफ पाउन सक्ने कानुन छ। त्यसैलाई ब्लड मनि भनिएको हो।

जेल परेका श्रीमानले तिर्नुपर्ने ब्लड मनीको रकम जुटाउन श्रीमतीले गरेको सङ्घर्षलाई छोटो फिल्मले प्रतिनिधित्व गरेको हो।

भदौ ५, २०७९ आइतबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।