२९ वर्ष जेठो कोचसँग प्रेम भएपछि...

२९ वर्ष जेठो कोचसँग प्रेम भएपछि...

एजेन्सी : २१ वर्षीया टेनिस खेलाडी नताली नोबल आफ्नै ५० वर्षीय कोच (प्रशिक्षक) बबी लिन्डेससँग प्रेममा परेकी छन् ।

सामाजिक सञ्जालमा आफूहरू प्रेममा रहेको खबर सार्वजनिक गरेसँगै उनीहरूको जोडीलाई ट्रोल गरिएको छ। अमेरिकाको केन्टुकीमा बस्दै आएको यो जोडी पछिल्लो दिन सामाजिक सञ्जालमा चर्चामा छन्।

हालै नतालीले टिकटकमा एक भिडियो सार्वजनिक गर्दै उमेरमा भएको अन्तरका कारण मानिसहरूले आफूहरूको बारेमा नराम्रो कमेन्ट गरेको बताएकी छन्। उनले उमेरलाई अंकाके रुपमा मात्र हेर्न आग्रह गर्दै आफूहरू प्रेममा रहेको र खुसी रहेको बताइन्।

‘म २१ वर्षकी युवती हुँ र आफ्नो बारेमा फैसला लिन सक्षम छु,’ उनले भनेकी छन्, ‘हामी आफ्नो जीन्दगी खुसीसँग बितारहेका छौं, तपाईंहरू पनि राम्रोसँग जिउनुस्।’

२०१५ मा पहिलोपटक भेट भएका उनीहरू त्यतिबेला एक खेलाडी र एक प्रशिक्षकको रूपमा मात्र थिए। नतालीका अनुसार त्यो समयमा उनीहरूबीच प्रेम थिएन। पछि समय बित्दै जाँदा उनीहरूबीच प्रेम भएको थियो।

नतालीका बुवाआमाले उनलाई यो सम्बन्धमा नबस्न दवाव दिँदै आएका थिए। तर उनले मानिनन्। उनकी आमाले उनलाई मानसिक उपचार गराउन भन्दै डाक्टरसमेत बोलाएकी थिइन्। उनीहरूका बुवाआमाले सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्दै आएका छन्।

भदौ ५, २०७९ आइतबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।