भ्लादिमिर पुटिनका 'दाहिने हात' भनिने डुगिनकी छोरीको कार विस्फोट गराएर हत्या

भ्लादिमिर पुटिनका 'दाहिने हात' भनिने डुगिनकी छोरीको कार विस्फोट गराएर हत्या

एजेन्सीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दाहिने हात भनिने अलेक्सान्द्र डुगिनकी छोरी डारियाको हत्या गरिएको छ। आफ्नै ल्याण्ड क्रुजर कारमा यात्रा गरिरहेका बेला मस्को नजिक कार विस्फोट गराएर उनको हत्या गरिएको हो।

विस्फोटका बेला डारिया एक साङ्गीतिक कार्यक्रमबाट घर फर्किँदै थिइन्। उनका पिता डुगिन रुसको चर्चित राजनीतिक दार्शनिक र विश्लेषक हुन्। उनलाई पश्चिमा मुलुकका विश्लेषकले 'ब्रेन अफ पुटिन' अर्थात् पुटिनको दिमाग पनि भनेर सम्बोधन गर्छन।

पछिल्लो समयका क्रिमिया र युक्रेन युद्धको योजना पनि डुगिनकै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भदौ ५, २०७९ आइतबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।