उत्तर भारतमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु

उत्तर भारतमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। आठ जना बेपत्ता भएका छन्।

बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार भएको अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको समाचारमा उल्लेख छ।

अहिले भारतीय सेना र प्रहरीले उद्धार र राहतको काम गरिरहेका छन्। बाढी र पहिरोबाट हजारौं परिवार विस्थापित भएका छन्। हिमाञ्चल प्रदेश सरकारले मृतकका परिवारलाई राहत र सहयोग रकम उपलब्ध गराउने जनाएको छ।

भदौ ४, २०७९ शनिबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।