विश्वकै ठूलो डिजिटल कम्पनीसँग क्यानको सम्झौता
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्यूसँग सम्झौता गरेको छ ।
शनिबार विज्ञप्ति निकाल्दै क्यानले न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जानकारी दिएको हो।
तीन वर्षको लागि गरिएको सम्झौतामा क्यानका सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने क्यानको विश्वास छ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको साझेदारीले क्यान हर्षित रहेको भन्दै सम्झौतादले एक पूर्ण डाटाबेस विकास गर्नमा मद्दत पुग्ने बताए।
क्रिकएचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट धेरै हर्षित र उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तयार रहेको बताए।
भदौ ४, २०७९ शनिबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।