पीएचडी गर्दै गरेकी महिलाले ट्वीट गरेपछि ३४ वर्ष जेल सजाय

पीएचडी गर्दै गरेकी महिलाले ट्वीट गरेपछि ३४ वर्ष जेल सजाय

एजेन्सीः साउदी अरबकी एक महिलालाई ३४ वर्षको जेल सजाय तोकिएको छ। साउदी अरबको एक अदालतले ट्वीटरमा सामग्री पोस्ट गरेको आरोपमा सलमा अल–शेहाबलाई जेल सजाय तोकेको हो।

सलमा बेलायतको लिड्स विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गर्दै गरेकी महिला हुन्।

अफवाह फैलाएको र असन्तुष्टि व्यक्ति गरिएको ट्वीटलाई रिट्विट गरेको आरोपमा ३४ वर्ष उनले जेल सजाय भोग्नुपर्नेछ। साउदीको यो निर्णयको हाल विश्वव्यापीरूपमा निन्दा भएको छ।

बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो।

एसोसिएटेड प्रेसले प्राप्त गरेको कानूनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय ८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन्। 

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले सलमाको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ।

न्यायाधीशहरूले सलमालाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जाललमा पोष्ट गरिएका उनका विषयवस्तुले झुटा अफवाह सम्प्रेषण गरेको दावी गरिएको छ। उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ।

दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढा नियाल्नु आतङ्वाद हो भन्ने आफूलाई नलागेको अपिलका क्रममा न्यायाधीशसमक्ष उनले बताएकी छिन्।

विशेष फौजदारी अदालतले उनलाई प्रतिआतङ्कवाद र साइबर अपराध कानूनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन्।

भदौ ४, २०७९ शनिबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।